काठमाडौं – सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेको छ । यसबारे मुद्दा चलाउन आवश्यक प्रमाण नपुगेको भन्दै कार्यालयले उक्त निर्णय लिनबाट पन्छिएको हो ।
यसबारे प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । लामिछानेले अमेरिकी नागरिकता लिइरहेको अवस्थामै नेपाली नागरिकतासँगै पासपोर्ट पनि लिएको भन्दै उनीविरूद्ध प्रहरीमा जाहेरी परेको थियो ।