शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसकेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रचण्डलाई विश्वासको मत दिने भएको छ । भर्खरै सकिएकोकेन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्रीले भोलि संसदबाट विश्वासको मत लिने कार्यक्रम छ ।

 

 

तपाईको प्रतिक्रिया