शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले शुक्रबार रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा भएको युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

मस्कोले छिमेकी देश युक्रेनमा जारी युद्धमा कुनै पनि प्रकारको अत्याचार नगरेको बताउँदै आएको छ। रुसले युक्रेनविरुद्ध शुरू गरेको सैनिक कारबाही एक वर्ष पूरा भइसकेको छ । आईसीसीले बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको र युक्रेनको भू-भागबाट गैरकानूनी रूपमा मानिसहरूलाई रुसमा स्थानान्तरण गरेको आरोपमा पुटिनलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।

रुसीको राष्ट्रपति कार्यालयकी बालअधिकार आयुक्त मारिया अलेक्सेभना लभोभा-बेलोभालाई पनि पक्राउ गर्न पुर्जी जारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीन्युज र रोयटर्सले जनाएका छन् । आईसीसीले आफ्नो विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन युक्रेनको कब्जा गरिएको क्षेत्रबाट बालबालिकाहरूलाई गैरकानूनी रूपमा रूसमा हस्तान्तरण गरिएको र युद्धका क्रममा बालबालिकाहरूलाई गैरकानूनी रूपमा निर्वासनमा पठाउन जिम्मेवार रहेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया