बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – उचाई अनुसारको तौल घटबढ हुँदा मानिसको आयुमा ४ वर्ष सम्म प्रभाव पर्ने एक अध्ययनले देखाएको छ । बेलायतका २० लाख मानिस माथि गरिएको ल्यान्सेट अध्ययन अनुसार उचाईअनुसार कम तौल भएका ब्यक्तिको आयु समेत कम हुनेछ ।

४० वर्ष माथिका मानिसको बडी मास इण्डेक्स विएमआई सन्तुलनमा रहे कुनै रोगका कारण मृत्यु निम्तिने सम्भावना न्युन रहनेछ । बढी तौल हुने महिला, पुरुष दुबैको आयु ४ दशमलभ २ देखी ३ दशमलभ ५ वर्ष आयु कम हुनेछ ।

कम तौल हुने महिलाको ४ दशमलभ ५ वर्ष र पुरुषको ४ दशमलभ ३ वर्ष कम हुने निष्कर्ष सो अध्ययनको छ । मानिसको उचाईको आधारमा बडी मास ईण्डेक्स यकिन गरिन्छ ।

१८ दशमलभ ५ देखी २५ सम्मको बडी मास ईण्डेक्सलाई स्वस्थ्य मानिन्छ । मोटोपना वा न्यून तौलबारे पत्ता लगाउने बिएमआई उत्तम विकल्प रहेको ल्यान्सेट अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया