Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – विश्वमा सूचना तथा सञ्चारसम्बन्धी नयाँ-नयाँ प्रविधिहरू आविष्कार हुने र प्रयोगमा आउने क्रम चलिरहेको छ । विश्वव्यापी रूपमा सूचना तथा प्रविधिको प्रयोग बढ्दै जाँदा नेपाल पनि सूचना प्रविधि तथा अनलाइन सञ्चारको क्षेत्रका निकै अगाडि बढिसकेको छ ।

अहिले विश्वका आधाभन्दा धेरै मानिस इन्टरनेट सञ्जालमा जोडिएको अनुमान छ । तर, यसको सुरक्षामा भने प्रश्न उठेको छ । जति-जति नयाँ प्रविधिहरू आविष्कार हुँदै गयो उति नै जोखिम बढेको देखिन्छ । सूचना प्रविधिमा फड्को मारेको जापान पनि यसबाट अछुतो रहन सकेन । यानकी यहाँ साइबर अपराध बढेको सरकारी तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा साइबर अपराधमा नयाँ कीर्तिमान बनेको छ । गत वर्ष देशभर १२ हजार ३६९ ओटा साइबर अपराधसम्बन्धी घटना भएका छन् । यो अघिल्लो वर्षको तुलनामा १६० ले धेरै हो ।

राष्ट्रिय प्रहरी विभागकाअनुसार र्‍यान्समवेयरका घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । साइबर आक्रमण समेत इन्टरनेटमा पहुँचका शंकास्पद घटनाहरू प्रति इन्टरनेट प्रोटोकल एड्रेस दैनिक औसत ७ हजार ७०७ दशमलव ९ मा पुगेको छ । आक्रमणकारीहरूको निशानामा साना तथा मझौला आकारका व्यवसायहरू धेरै परेको रिपोर्टमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया