आइतबार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

समाचार सुन्नुहोस् :

काठमाडौँ – सोझै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई लिग-२ को सिरिजको अन्तिम खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गर्दै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो।

यसै जितको खुसियालीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त रकम दिने घोषणा गरेका हुन्। ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने। बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप सफलताको लागि शुभकामना पनि दिएका छन्।

 

तपाईको प्रतिक्रिया