Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस्:

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरुलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गर्दछु, लेखेका छन् ।

नेपाल बिहीबार एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेट छनोटमा पुगेको हो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएर जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको हो ।

तपाईको प्रतिक्रिया