Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो ।

डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो । युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन् । डकवर्थ नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

तपाईको प्रतिक्रिया