बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको शोमा पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन् ।

जितु नेपालले सामाजिक सञ्जालमार्फत शो छायांकनको एक तस्बिर सार्वजनिक गरेका छन् । केही दिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो ।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन् । त्यस्तै कलाकारहरूमा दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन् ।

तपाईको प्रतिक्रिया