Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौँ –  दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाले स्थानीय समय अनुसार बिहान ७:१० मा प्योङयाङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरी कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रमा उडेको जनाएको छ । यसै क्रममा जापानी रक्षा मन्त्रालयले उक्त मिसाइल जापानको टापुबाट २५० किलोमिटर टाढा खसेको जनाएको छ । यसअघि यो ६ हजार किलोमिटरभन्दा बढीको उचाइमा करिब ७० मिनेटमा १ हजार किलोमिटर उडेको थियो ।

दक्षिण कोरियाको सेनाले उक्त क्षेप्यास्त्र प्रहार संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत भएको बताएको छ । उत्तर कोरियाले यो उक्साहटको मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । दक्षिण कोरियाले जापान र अमेरिकासँग बलियो सुरक्षा सहयोगका लागि पनि आह्वान गरेको छ ।

मिडिया रिपोर्टका अनुसार जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन माग गर्न सक्नेछन् । दक्षिण कोरिया र अमेरिकाबीच जारी सैन्य अभ्यासका बीच उत्तर कोरियाले पटकपटक मिसाइल प्रहार गरेको छ । योसँगै प्योङयाङले यो सैन्य अभ्यासको निन्दा गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया