बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – शक्ति चन्द र राजबाबु शाहीको स्वरमा ‘नेपालगन्ज बागेश्वरी’ बोलको मौलिक टप्पा गीत सार्वजनिक भएको छ । डम्बर चन्द (बगर)को शब्द रहेको गीत मंगलबार ‘शक्ति चन्द’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

विशेष गरी यो गीत पश्चिम नेपालको सल्यानलगायतका जिल्लामा गाइने मौलिक गीत हो । गीतको भिडियोमा अञ्जली अधिकारी, विजय पुन र अल्फाज शाहलगायतलाई मौलिक सिंगारु नाचमा देख्न सकिन्छ ।

गायक चन्दको संगीत र खेमराज गौतमको संगीत संयोजन रहेको गीतलाई राजकुमार मगरले सम्पादन र निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया