आइतबार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

काठमाडौं – बेलो होरिजोन्टे फाभेलामा रहेको यस दुई तले घरले सरल डिजाइनका लागि अन्तर्राष्ट्रिय वास्तुकला पुरस्कार जितेको हो । यो घर झट्ट हेर्दा ब्राजिलको भिडभाडवाला फाभेलाजका दर्जनौं अन्य घरजस्तै देखिन्छ । तर, ६६ वर्गमिटर (७१० वर्गफुट)को यो सामान्य देखिने घर, यसको खुला इँटाका पर्खालसहित भर्खरै अन्तर्राष्ट्रिय वास्तुकला प्रतियोगितामा ‘हाउस अफ दि इयर’को रुपमा मान्यता प्राप्त गरेको छ ।

विशिष्ट वेबसाइट आर्कडेलीद्धारा सम्मानित भएको यो घर ३२ वर्षीय कलाकार कडु डोस एन्जोसको हो, जो बेलो होरिजोन्टेको दक्षिणपूर्वी शहरको किनारमा एक पहाडको फेदमा चहल–पहल हुने एग्लोमेराडो दा सेरा फेवेलामा बस्छन् । यो दुई तले संरचनाले भारत, मेक्सिको, भियतनाम र जर्मनीका केही थप आकर्षक प्रतिस्पर्धीहरुलाई हराउन सफल भयो । ‘मेरो घरले यो पुरस्कार जितेकोमा म धेरै गर्व गर्छु, किभने फाभेलासको धेरैजसो समाचारले हिंसा र पहिरोले भत्किएका घरहरुको कुरा गर्छ’ डोस एन्जोसले भने । ‘आज मेरो घर संसारको शिर्षमा छ !’

सन् २०१७ मा खरिद गरिएको सानो लट डस एन्जोसमा बनेको राम्रोसँग हावा खेल्छ र प्रशस्त प्राकृतिक प्रकाशको आनन्द लिन सकिन्छ । यस घरमा होरिजोन्टल खड्किी, झ्याल र ठूलो टेरेस रहेको छ । घरको डिजाइनले एउटा रचनात्मक मोडललाई प्रतिनिधित्व गर्छ । ‘घरको डिजाइनले बस्तीमा सामान्य सामाग्रीहरु प्रयोग गर्ने रचनात्मक मोडेललाई प्रतिनिधित्व गर्छ, प्राकृतिक प्रकाश र हावा खेल्ने भेन्टिलेसन बनाउन पर्याप्त ध्यान दिएर घरमा उत्कृष्ट वातावरणीय गुणस्तर कायम गरिएको छ’ आर्कडेलीले आफ्नो वेबसाइटमा लेखेको छ ।

आफ्नो समुदायमा सांस्कृतिक केन्द्र स्थापना गर्ने डोस एन्जोसका लागि पुरस्कारले विशेष महत्व राख्‍ने छ । ‘मलाई थाहा छ मेरो घर संसारमा सबैभन्दा सुन्दर छैन, तर यो राम्रोसँग निर्मित झोपडी हो’ उनी मुस्कुराउँदै भन्छन् । डस एन्जोस २०२० देखि त्यहाँ दुई कुकुर, एक बिरालो र ६० भन्दा बढी रुखविरुवासँग बस्दै आएका छन् । ‘आर्किटेकहरुले जे गरे त्यो शुद्ध जादू हो’ उनले थपे, ‘हामीसँग ६६ वर्गमिटर मात्रै छ, तर मैले यहाँ लगभग २०० जनासँग पार्टीहरु गरेको छु ।’

घरको डिजाइन ‘लेभान्टे आर्किटेक्चर कलेक्टिभ’को काम थियो, जसले फेभेलामा प्रो बोनो वा कम लागतमा काम गर्ने गर्छ । ‘बाहिरबाट घर आफ्नो छिमेकीहरुसँग मिल्दोजुल्दो नै छ, तर यसले धेरै सुविधाहरु समावेश गरिएको छ जसले यसलाई मजबुत एवं वातावरणप्रति बढी सम्मानजनक बनाउँछ, विशेषगरी यसको ‘प्रकाश’ र भेन्टिलेसनमा ध्यान दिएर’ वास्तुकार फर्नान्डो म्याकुननले भने ।

छिमेकीका घरहरुसँग एउटा स्पष्ट अन्तर भनेकै यसको इँटाहरुको व्यवस्थामा हो । घरमा इँटा तेस्रो (होरिजोन्टल)रुपमा राखिएको छ, ठाडो (भर्टिकल) होइन । र, कंपित पंक्तिहरुमा । जसले दृढता जोड्नुका साथै इन्सुलेशनमा सुधार गरेको छ । यो परियोजनामा आठ महिना लाग्यो र धेरै काम पनि । ‘मिस्त्रीहरु क्रोधित थिए किनभने उनीहरुले सोँचेका थिए कि यस तरिकाले इँटाहरु बिछ्यान धेरै समय लाग्‍ने थियो’ म्याकुलनले भने । ‘र, हामीलाई सामाग्रीहरु सिँढीसम्म लैजान धेरै समस्या भयो, यो गल्लीमा अन्तिम घर हो । मैले सामान बोक्ने कामदारलाई धेरै पैसा तिर्नुपर्यो’ उनले भने । फाभेलामा साँघुरो, घुमाउरो सडकले सवारी साधनलाई आवतजावत गर्न कठिन छ ।

घरको सम्पूर्ण कामको लागि एक लाख ५० हजार ब्राजिलियन रियास (२९ हजार अमेरिकी डलर) खर्च भयो । र, लगानी एकभन्दा बढी तरिकामा भुक्तान गरिएको थियो । वास्तुकला पुरस्कारले अन्तर्राष्ट्रिय मान्यता मात्र होइन, घरले डोस एन्जोसलाई बाल्यकालको सपना साकार गर्न मद्दत गरेको छ । ‘जब म केटाकेटी थिएँ, म एकदमै सामान्य र खराब इन्सुलेटेड भएको कोठामा बस्थेँ’ उनले भने, ‘वास्तुकलासँग सम्बन्धित समस्याहरु भोगेपछि यो पुरस्कार जित्नु मेरा लागि ठूलो जित हो ।’

तपाईको प्रतिक्रिया