Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको टोली मंगलबार लुम्बिनी आइपुगेको छ । पैदल यात्रा गरी भारतका बोधगया, कुसीनगर, सारनाथ हुँदै टोली लुम्बिनी आएको हो ।

४३ दिनमा ११ सय किलोमिटर यात्रा गरी बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ । टोलीमा कोरियाका अग्रज बौद्ध भिक्षु छासुङसहितका १०५ जना धर्मगुरु र अन्य तीर्थयात्री छन् । उनीहरूले मंगलबार मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन् ।

कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रूपन्देही निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानलगायतले पैदलयात्रीलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गरका हुन् । पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थित थिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्रांगणमा स्वागत गर्न पाउदा खुसी लागेको बताए । उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए । कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायका तर्फबाट स्वागत गरे ।

तपाईको प्रतिक्रिया