टोकियो – जापानी संसद्को माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ । योशिकाजु युट्युबमा एक लोकप्रिय नाम हो ।
गाशीको नामले चर्चित उनी युट्युबमा पोष्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् । युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएपनि कुनै पनि अधिवेशनमा एकपटक पनि सहभागी भएनन् ।
गत साता उनलाई संसद्को माथिल्लो सदनमा व्यक्तिगत रुपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी आएनन् । त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई सांसदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।