Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकार हनन् गरेको बताएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताएका हुन् ।

यद्यपी संयोजक थापा पक्राउबाट छुटीसकेका छन् । उनले अन्य राजनीतिक दलका युवा संगठनहरु भए जस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमोसो नदलिकन पनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए ।

उनले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पारे । उनले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।

उनले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पारे । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनु पर्ने बताएका छन् । उनले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताए ।

प्रसाईंले बैंक तथा लघुवित्त बिरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताए । उनले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया