Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताइकी छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको बताइन् ।

उनले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताएकी छन् । उनले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताइन् ।

मन्त्री शर्माले जुनसुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गरिन् । उनले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनु पर्ने धारणा राखिन् ।

उनले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइन् ।

तपाईको प्रतिक्रिया