Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – एकेडेमी अवार्ड्स (ओस्कर्स)को स्टेज फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को लागि निकै फलदायी बन्यो। फिल्मले सबैभन्दा धेरै अवार्डहरु हात पार्न सफल भयो।मल्टिभर्स फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ले ६ ओस्कर जितेको छ। ति अवार्डहरु ओस्कर्सका सबैभन्दा ठूलो अवार्डहरू पनि थिए।

के ह्यु क्वान र जेमी ली कर्टिसले आफ्नो सहायक भूमिकाको लागि पहिलो ओस्कर अवार्ड जितेका थिए। फिल्मले उत्कृष्ट सम्पादन, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्रको अवार्ड जित्नुका साथै ऐतिहासिक रुपमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि नायिका मिशेल योहले जितिन्। बेस्ट एक्ट्रेसको अवार्ड जित्ने मिशेल पहिलो एशियाली नायिका हुन्।

त्यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘द ह्वेल’को लागि ब्रेन्डन फ्रेजरले जितेका छन्। १२ वर्षपछि ‘द ह्वेल’मा फ्रेजर मुख्य भूमिकामा देखिएका थिए। उनले एक्लो र रोगी इङ्लिस प्रोफेसरको भूमिका निभाएका छन् जो आफ्नी टाढिएकी छोरीसँग पुन: जोडिन चाहन्छन्।

 

तपाईको प्रतिक्रिया