Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुँदै २४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए भने आरिफ सेखले ४३ रनको योगदान दिए । त्यस्तै गुलशन झाले ३७ रन बनाए भने भीम सार्कीले २९ रन, कुशल भुर्तेलले ८, आसिफ सेख ०, कुशल मल्ल ९ रन, सन्दीप लामिछानेले २ रन बनाएर आउट भएका थिए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए भने सोमपाल कामीले २ रन बनाएका थिए ।

युएईका बलर आयान अफजल खान, जावर फरिद, जाहूर खान र रोहन मुस्ताफाले २-२ विकेट लिए भने आर्यान लाक्रा र जुनैद सिद्धिकीले एक एक विकेट लिएका थिए । २४९ रनको लक्ष्य पाएको युएईले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ ।

तपाईको प्रतिक्रिया