Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – गायक राजेशपायल राईले मिडियामा आएको समाचारप्रति आपत्ति जनाएका छन् । राईले आफ्नो १८ महिनाको बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी थिइन् ।

सो स्क्रीनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । त्यही स्टाटसलाई टेकेर केही मिडियाहरूले समाचार समेत बनाएका थिए । उनको पत्नीले छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी छन् ।यही प्रकरणमा राईले प्रमाणविना लगाइएको आरोप आफूलाई बदनाम गराउने र क्यारियर समाप्त पार्ने गिरोह सक्रिय हुन लागेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, एउटा स्टाटस कै भरमा कसैलाई यति ठुलो गाली गलौच लेख्न मिल्छ ? थम्नेलमा डिस्क्रिप्सन दिन मिल्छ ? म चुनौती दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईँको पाउमा मेरो शिर राखी दिन्छु ।

तपाईको प्रतिक्रिया