Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै शीतलनिवास छाड्ने तयारी गरेकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ खाने दिन (२९ फागुन) मा नै उनी शीतलनिवासबाट बाहिरिने सम्भावना छ ।

२०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनको पाँच वर्षीय कार्यकाल पनि २९ गते नै पूरा हुन्छ । सोही दिन नयाँ राष्ट्रपतिको शपथग्रहण तय भइसकेको छ ।

कामु प्रधानन्यायधीस दिपक कार्कीले पौडेललाई सपथग्रहण गराउनेछन्, जुन कार्यक्रममा निवर्तमान राष्ट्रपति भण्डारीका पनि सहभागिता रहन्छ । राष्ट्रपति चुनावको मतपरिणाम आएकै दिनदेखि कार्यकालको गणना हुने संवैधानिक व्यवस्था छ । त्यसैले पौडेलको राष्ट्रपतीय कार्यकाल हिजैबाट सुरू भइसकेको छ ।

तर, भण्डारीको कार्यकाल पर्सिसम्म बाँकी छ । यसरी हेर्दा एकैपटक दुई राष्ट्रपति देशमा बहाल रहेको विरोधाभास संविधानले नै पैदा गरेको छ । व्यवहारिक हिसाबले भने २८ गतेसम्म भण्डारीले राष्ट्रपतिको रूपमा काम गर्न पाउनेछिन् । त्यसपछि उनी स्वतः पदमुक्त बन्नेछिन् ।

तपाईको प्रतिक्रिया