Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपतिभन्दा फरक लिंग वा समुदायकाे उपराष्ट्रपति हुनुपर्ने कानुनी व्यवस्था रहेकाे बताएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिभन्दा फरक लिंग वा समुदायकाे उपराष्ट्रपति हुनुपर्ने जनाएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी २०७४ को दफा ६५ को उपदफा (२) बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा ‘यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने छ,’ भन्ने व्यवस्था रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी २०७४ को दफा १६ उपदफा (५) मा ‘उपराष्ट्रपति पदका लागि मनोनय दर्ता गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग तथा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

त्यसो हुँदा आयोगले उपराष्ट्रपतिमा हाल निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिंग वा फरक समुदायको व्यक्तिको मनोनयन मात्र दर्ता गर्ने उल्लेख गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति :-

तपाईको प्रतिक्रिया