Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

टोकियो – जापान एक सुरक्षित देश भनेर चिनिन्छ । जापानलाई सुरक्षित देश बनाएको छ – यहाँको कानून, अपराध रोक्ने खालका नीति र शिक्षा प्रणालीले । तर दुखको कुरा यहाँ गत वर्षहरुको तुलनामा २०२२ मा अपराधका घटनाहरु अलि बढी देखिएका छन् ।
हालसालै राष्ट्रिय प्रहरी एजेन्सीले सार्बजनिक गरेको रिपोर्ट अनुसार जापानमा अपराधको संख्या अघिल्लो वर्षको भन्दा ५ दशमलव ९ प्रतिशतले बढेको छ । सो रिपोर्ट अनुसार २०२२ मा रिपोर्ट गरिएको अपराधको संख्या छ लाख एक हजार ३ सय ८९ रहेको छ । जापानमा अपराधको संख्या पछिल्लो २० वर्षदेखि लगातार घट्दो क्रममा देखिएको थियो । यद्यपि, २०२२ मा भने सडकमा लुटपाट, साइकल चोरी, शारीरिक आक्रमण र जबरजस्ती जस्ता सडक अपराधका साथै डकैती, लुटपाट, भेन्डिङ मेशिन तोडफोड, बाल दर्ूर्व्यवहार, घरेलु हिंसाहरु प्रशस्त रेकर्ड भएका छन् ।

त्यस्तै साइबर-अपराध, इन्टरनेट बैंकिङ रेमिट्यान्स जालसाजीका केसहरु पनि बढेको भेटिएको छ । यो वृद्धिको कारण महामारीको बीचमा टाढाबाट काम गरिरहेका धेरै मानिसहरूलाई र इन्टरनेटमा जडान भएका घरेलु उपकरणहरू र अन्य उपकरणहरूको बढ्दो प्रयोगले मानिएको छ ।हत्यासहित जघन्य अपराधहरूको संख्या पनि अघिल्लो वर्षको तुलनामा ८ दशमलव १ प्रतिशतले बढेर नौ हजार ५ सय ३६ पुगेको छ । एजेन्सी ***

तपाईको प्रतिक्रिया