शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो । भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदना व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया