Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौं – एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल र उत्कृष्ट रहेको दाबी गरेका छन् । भोजपुरको गाउँमा जन्मिएर नेपालको पहिलो महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको टिप्पणी गरे ।

राष्ट्रपति भण्डारीको पहिलो र दोस्रो कार्यकाल सफल र मर्यादित भएकोसमेत बताए । बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको पहिलो राष्ट्रपतिमा भण्डारीलाई पाउनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको जिकिर गरे ।

‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो’, ओलीले भने ।

तपाईको प्रतिक्रिया