Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुुबाट साताको ४ उडान गर्ने जनाएको छ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ ।

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु.७९,९९९ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा रु.६५,९९९ तोकेको छ । त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी ह्यान्ड क्यारी लैजान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट ट्रान्जिटमा बसेर यात्रा गर्न सक्नेछन् ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया