Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – अहिले बढ्दो संख्यामा मानिसहरूले कार्यभार मध्यम राखेर काम र व्यक्तिगत जीवनको राम्रो सन्तुलन खोजिरहेका छन् । जसकारण जापानका मानिसहरुमा ठूला ब्यवसायिक संस्था र कार्यालयहरुको उच्च कार्यकारी पदप्रतिको रुची हराउँदै गएको देखिएको छ ।

टोकियोस्थित व्यवस्थापन र संगठनात्मक परामर्शदाता फर्मले ३ सय वटा कम्पनीका कर्मचारीहरू बीच गरेको राष्ट्रव्यापी सर्वेक्षणमा ७२ प्रतिशत उत्तरदाताहरूले व्यवस्थापन पदमा बस्न नचाहेको बताएका छन् । विशेष गरी महिलाहरू मध्ये ४ प्रतिशतले मात्र प्रबन्धक बन्न इच्छुक भएको बताएका छन् ।

उच्च कार्यकारी पद नचाहनुको सबैभन्दा सामान्य कारण थप जिम्मेवारी, बढ्दो कार्यभार रहेको पाइएको छ । उत्तरदाताहरूले उल्लेख गरेका केही विशेष कारणहरूमा पदोन्नतिले धेरै फाइदाहरू नल्याई जिम्मेवारीहरू मात्र बढाउने, महिनामा बढी ओभरटाइम काम गर्नाले व्यक्तिगत जीवन र शारीरिक जीवन बर्बाद हुने रहेका छन् । त्यस्तै व्यवस्थापन पदमा रहँदा सहकर्मीहरूलाई गरिनुपर्ने नेतृत्व, उनीहरुसंग गर्नुपर्ने सञ्चार जस्ता अनावश्यक कठिनाईले पनि प्रशासनको शीर्ष पदहरुप्रति खासै आकर्षण नरहेको बताइएको छ ।***

तपाईको प्रतिक्रिया