Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

टोकियो – हालसालै गरिएको एक सर्वेक्षण अनुसार जापानबासीहरुको ड्रीम कारको सूचीमा टोयोटाको लेक्सस कार अगाडि रहेको पाइएको छ ।

कार भाडामा दिने कम्पनी पार्क २४ ले आफ्ना ५ हजार २ सय २५ प्रयोगकर्तालाई गरेको प्रश्नमा धेरैले आफुलाई कार मध्येमा लेक्सस मनपर्ने र सो कार आफ्नो ड्रीम कार रहेको बताएका छन् । त्यस्तै दोश्रो स्थानमा पोर्श र तेस्रो स्थानमा फेरारी त्यसपछि बीएमडब्लु र मर्सिडिज रहेका छन् । सर्वेक्षणमा किशोर किशोरीदेखि ६० वर्षभन्दा माथिका कार चालकले लेक्ससको उच्च मूल्याङ्कन गरेका छन् ।

लेक्सस मनपर्ने कारणमा अधिकांश सहभागीहरूले डिजाइन राम्रो लागेको बताएका छन् भने केहिले लेक्ससमा प्रयोग भएको अत्याधुनिक प्रणालीले लोभ्याएको बताएका छन् । त्यस्तै केहिले भने लेक्सस शानदार देखिने भएकोले आफ्नो ड्रीम कारको सूचीमा रहेको बताएका छन् ।***

तपाईको प्रतिक्रिया