Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – नेपाल ट्रष्टको कमलादीस्थित कमर्शियल भवन ‘काठमाडौं प्लाजा’ २०७७ साउनदेखि खाली छ । भवन ठेक्कामा लिएर भाडामा लगाउँदै आएको कन्सेप्ट डेभलपर्स प्रालिसँगको सम्झौता २०७७ असारमै रद्द गरिएको थियो ।

सम्झौता रद्द भएपछि पनि लामो समयसम्म भवन अवैध रुपमा व्यापारीहरुले कब्जा गरेपछि ट्रष्टको कार्यालयले २०७८ वैशाखमा पुलिसको सहयोगमा भवन खाली गराएको थियो । त्यसमाथि कन्सेप्ट डेभलपर्स प्रालि भवन आफैले भाडामा पाउनुपर्ने भन्दै अदालतीय प्रक्रियामा गएको थियो ।

विभिन्‍न विवादका कारण ट्रष्टको कार्यालयले भवन भाडामा लगाउन नपाउँदा २०७७ साउनदेखि भाडा उठेको छैन । कन्सेप्ट डेभलपर्ससँगको सम्झौता रद्द भएपछि भवन काठमाडौं महानगरलाई मासिक ६० लाख ५० हजार रुपैयाँमा भाडामा दिने निर्णय भएको थियो । तर, ठेकेदार कम्पनी मुद्दा मामलमा उत्रिनुका साथै व्यापारीहरुले भवन कब्जा गरि नै राखेपछि काठमाडौं महानगरले विवाद समाधान नभएसम्म भवन भाडामा नलिने भन्दै पछाडि हट्यो ।

महानगरसँग भएको सम्झौता अनुसार नै मासिक ६० लाख ५० हजारको दरले ३१ महिनाको अवधिमा ट्रष्टको कार्यालयले पौने १९ करोड रुपैयाँ घरभाडा आम्दानी गुमाउनुपर्ने स्थिती आएको छ ।

अब ३१ महिनाको भाडा कोसँग कसरी असुल गर्ने भन्नेमा ट्रष्टको कार्यालय अन्योलमा छ । सम्झौताद रद्द भइसकेपछि पनि भवन कब्जा गरेर बस्‍ने ठेकेदार र व्यापारीसँग नै भाडा असुली गर्न सकिने व्यवस्था छ । तर, अहिले पूर्णतया बन्द अवस्थामा रहेको र व्यापारी लाखापाखा लागिसकेको अवस्थामा भाडा असुली त्यति सहज भने देखिदैन ।

अब भाडामा लगाउन बाटो खुला
जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेको कन्सेप्ट डेभलपर्सको प्रालीको मुद्दा किनारा लागेको छ । कन्सेप्टले भवन आफुले नै भाडामा पाउनुपर्ने भन्दै दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएसँग भवन भाडमा लगाउने बाटो खुलेको हो ।

अब काठमाडौं प्लाजाको भवन भाडामा लगाउने निर्णय कार्यान्वयनको लागि बाटो खुला भएको छ । विवाद समाधान भएपछि काठमाडौं महानगरले भवन पुनः भाडामा लिन सकरात्मक रहेको ट्रष्टको कार्यालयको भनाई छ । बागदरबारस्थित पुरानो भवन मर्मत-सम्भर र नयाँ कार्यालय भवन निर्माण गर्न लागिएको हुँदा काठमाडौं महानगरलाई भाडामा भवन चाहिएको छ ।

यसअघि २०७७ वैशाखमा भएकै सम्झौता अनुसार नै काठमाडौं प्लाजाको भवन भाडामा लिन लागेको महानगरका एक कर्मचारीले बताए । यसको मतलब, महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ तिरेर भवन भाडा लिने छ । कन्सेप्ट डेभललपर्सले राजदरबारसँग ३ असार २०५० मै काठमाडौं प्लाजाको भवन भाडामा लिएको थियो ।

तपाईको प्रतिक्रिया