Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर २२, २०८१
Saturday, December 7, 2024

यदि तपाईँले गाउँ छोडेको १० वर्ष फर्किँदै हुनुहुन्छ भने धेरै परिवर्तन पाउनुहुनेछ । गति धिमा नै भएपनि गाउँमा भौतिक विकासका कामहरू भइरहेका छन् । साँघुरा बाटा फराकिला भएका छन् तर, विडम्बना नै भन्नुपर्छ सडक फराकिलो हुँदै जाँदा घरहरू भने खाली हुँदै गएका छन् । अब सोच्नुपर्ने भएको छ कि गाउँमा के छैन जसले आफैँ वा बाआमाले बनाएका घरहरू छोडेर सहरमा बस्न जानुप-यो ?

आजभोलि गाउँमा हजुरबुबा, हजुरआमा र कुनै कुनै गाउँमा बुहारी र बालबच्चाको बाहुल्य छ ? अहिले गाउँको युवा जमात कहाँ छ ? युवाले के सिक्दैछन् ? गाउँमा योगदान दिनुपर्ने हातहरू कहाँ कुन देश वा सहर बनाइरहेका छन् ? गाउँमा अलिकति पैसा कमायो भने गाउँको धनी भइन्छ । मान्छेले सेवा सुविधा खोज्न थाल्छ काम गर्दैन र बिरामी पर्न थाल्छ । गाउँमा बस्न मन लाग्दैन सहर जान मन लाग्छ । सहरमा रोजेको त पाइन्छ तर अर्ग्यानिक खोजेको पाइँदैन । गाउँको धनी भन्दा ऊ फेरि सहरको गरिब हुन मन पराउन थाल्छ ।सहरमा मान्छेको भिडभाड हुन्छ । प्रयास गर्छ, फेरि धनी हुन्छ । अर्को देशको सिको गर्न थाल्छ उसलाई यो ठाउँ पनि मन पर्दैन देश नै छोडेर जान्छ । गाउँदेखि सहर अनि देश नै छोड्नेहरूले आफ्नो ठाउँमा सम्भावना नदेख्नु कसको गल्ती हो ? मन परेको मान्छेलाई जीवन साथी बनाउन सकिन्छ भने आफूले जानेको कामलाई स्वयंवर गर्न किन नसक्ने ? हामीले अरू केही गर्नु आवश्यक छैन बस् मन र सोच परिवर्तन गर्न भने जरुरी छ ।

मानिस जति सहर झर्छ, त्यति नै ठूला महल बनाउँछ । त्यति नै ठूलो पैसा राख्ने सेफ बनाउँछ । त्यतिकै राम्रोस्तरको जीवन बिताउँछ । यसरी सहरमा हेर्ने धेरै कुरा छन् । गाउँमा हेर्न पनि जान्न पर्छ र थोरै विवेक प्रयोग गर्न जान्नु पर्छ । गाउँमा बस्न नजानेर हो गाउँका घरहरू खाली हुँदै गएका । परिवर्तन हुनुपर्छ तर पुराना कुरालाई नबिगारी नयाँ कुरा थप्न जान्नु पर्छ । गन्जागोल बनाउने चाहिँ हुँदैन ।विकास गर्न नजानेर यस्तो भएको हो । हाम्रा नेताहरूलाई व्यवस्थापन कसरी गर्ने हो र के गर्दा के हुन्छ र कस्तो परिणाम आउँछ भन्ने कुरा नै थाहा छैन । गाउँमा खानेपानीको राम्रो व्यवस्थापन छैन । शिक्षा पनि गुणस्तरीय छैन जतासुकै राजनीति छ । एउटा घरमा चाहिने सामान किन्दा त घरपरिवारको मन मिल्दैन छोराछोरीको कुरा बाबुआमाले मान्दैनन् बाबू आमाको कुरा छोराछोरी मान्दैनन् हाम्रो संस्कार पनि कतै हराउँदै त छैन ? अहिले सामाजिक धेरै मानिस तिनै छन् जो समाजले उनीहरूलाई नराम्रो तरिकाले हेर्ने गर्छ ।

गाउँमा जस्तो स्वच्छ वातावरण अर्ग्यानिक खानेकुरा मिलनसार समाज कुन ठाउँमा पाइन्छ होला ? गाउँमा के पाइन्छ र । हामीलाई थाहा भएन कि गाउँमा थोरै मात्र गर्न सके गाउँ स्वर्ग हुन्छ । खुसी र आनन्द मिल्छ । थाहा नभएकैले हुनाले गाउँमा जनसङ्ख्या घटिरहेको छ । बाटो फराकिलो हुँदैछ घर रित्तिँदै छन् । गाउँमा नयाँ घर बनाउनुभन्दा रोजगारी सिर्जना गर्ने हो भने गाउँमा भएका खाली घरहरू भरिने थिए कि ?

सन्देश लामिछानेको लेख
तस्बिर :- पर्वतको फलेवास नगरपालिका वडा नबर ४,५,६ र ७ का हुन् ।

तपाईको प्रतिक्रिया