Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – तोशखाना काण्डमा पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । आइतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पूर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामवाद प्रहरी खानको घरमा पुगेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले इमरान खानमाथि मनोवैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । इस्लामवाद प्रहरीले ट्विट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सूचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।

ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’ प्रहरी आफ्नो घरमा आएपछि इमरान खानले ट्विट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्व सेना प्रमुख जनरल बाजवामाथि गम्भीर रूपमा आक्रोश पोखेका छन् ।

उनले जवाफ ट्विट लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ?’ यसअघि इस्लामवाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । इमरान खान पर्सी अर्थात् मार्च ७ मा इस्लामवाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतको आदेश छ।

तपाईको प्रतिक्रिया