Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेकोमा आपत्ति जनाएको छ । आइतबार माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै केहि वर्षअघि प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएको हो ।

अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश द्ववय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार दर्ता गर्न आदेश दिएको थियो ।

‘प्रचण्डले संविधान प्रदक्त अधिकारलाई प्रयोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्रही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा प्रचण्डले १७ हजार मान्छे मारेर आएको आरोपको खण्डन गर्दै युद्धको क्रममा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिन अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया