Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोरोना महामारीपछि एसियाका दुई ठुला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ । चीनको उत्पादन गतिविधि पछिल्लो एक दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानमा विगत दुई वर्षमा उत्पादनमा सबैभन्दा छिटो सङ्कुचन देखेको छ ।

कोरोना महामारीपछि औद्योगिक उत्पादनलाई ट्याकमा ल्याउने तीव्र प्रयास भइरहेको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ । यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो ।

जबकि जापानमा निजी उत्पादन पीएमआई सूचकाङ्क फेब्रुअरीमा ४७.७ मा रह्यो । यो जनवरीमा ४८.९ थियो । जापानको अर्थतन्त्रमा गिरावटको दर सेप्टेम्बर २०२० यताकै उच्च हो । यो सूचकले अर्थतन्त्रको प्रवृत्ति देखाउँछ ।

पिएमआई एक स्केल हो जसको आङ्कलन ० देखि १०० बीच गरिन्छ । यदि यो रिडिङ ५० भन्दा माथि छ भने, यसको अर्थ अर्थतन्त्र अघिल्लो महिनाको तुलनामा विस्तार भएको छ । यदि कम भएमा अर्थव्यवस्थाको गतिमा कमी आएको छ भनेर बुझ्नुपर्छ ।

कोरोना भाइरसका बेला कडा प्रतिबन्ध लगाएपछि चीनको प्रदर्शन अपेक्षाभन्दा राम्रो भएको छ । गत वर्ष मात्रै विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा प्रतिबन्धहरू खुकुलो पारिएको थियो । चीनका लागि सन् २०२२ आर्थिक वृद्धि दरको हिसाबले आधा शताब्दी यताकै सबैभन्दा खराब रह्यो किनभने त्यहाँ लामो लकडाउन थियो ।

तपाईको प्रतिक्रिया