Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – सरकारले दूधको प्रतिलिटर न्यूनतम मूल्यमा थप ९.१० रुपैयाँले वृद्धि गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दूधको मूल्य बढाएर ६५.५० रुपैयाँ बनाउने निर्णय गरेको हो। यसअघि प्रतिलिटर न्यूनतम मूल्य ५६.४० रुपैयाँ थियो। यो किसानका लागि बिक्री मूल्य हो। यसअघि किसानले दूधको उचित मूल्य पाउन नसकेको भन्दै गुनासो गर्दै आएका थिए। किसानले उचित मूल्य नपाएको भन्दै बेलाबेलामा सडकमा दूध पोखेर आन्दोलनसमेत गरेका थिए।

सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरेको बताएको छ। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन जोड दिँदै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो। समर्थन मूल्य तोकेसँगै अब यो क्षेत्रका सरोकारवालाहरू बसेर उपभोक्ता मूल्य पुनः तोकिने व्यवसायी बताउँछन्। नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा रहेको नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए। यो मूल्य समर्थन मात्रै भएको तर अझै उपभोक्ता मूल्य बढ्ने उनले बताए।

हाल दुग्ध उद्योगले प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया