Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

टोकियो – जापानमा नयाँ टापुहरू फेला परेका छन् । सरकारले आफ्ना टापुहरूको गणना गर्दा पहिला रेकर्ड गरिएका भन्दा ७ हजार बढी नयाँ टापुहरू फेला परेका हुन् ।

सीएनएनकाअनुसार जियोस्पाटियल इन्फर्मेसन अथोरिटी अफ जापान (जीएसआइ)ले गरेको डिजिटल म्यापिङमा जापानी भूमिभित्र १४ हजार १२५ वटा टापु रहेको देखिएको हो । सन् १९८७ मा जापानको कोस्ट गार्डको रिपोर्टमा ६ हजार ८५२ वटा टापुहरू रहेको उल्लेख थियो ।

नयाँ टापुहरू आर्टिफिसियल टापु नरहेको जनाइएको छ । नयाँ टापुहरू फेला परे पनि त्यसले जापानको पूर्ण क्षेत्रफल भने परिवर्तन नभएको जीएसआइले जनाएको छ ।

यद्यपि जापान र अन्य देशबिच केही टापुहरूलाई लिएर सीमा विवादसमेत छ । रसिया, चीन र दक्षिण कोरियासँग जापानको टापु विवाद रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया