पहिलो चोटि जापान आइपुग्ने जो कोहीलाई पनि यहाँको वातावरण, मौसम र मान्छेसँग झुकेर कुरा गर्ने चलन सबै राम्रो लाग्छ होला । अहिले त झन् कोरोनाको त्रास पनि अलि कम भएर आयो । बेमौसमी साकुरा पनि फुलेर सकिनँ लाग्यो, र मौसमी साकुरा पनि कहीँ कहीँ त फुल्न थालिसक्यो ।
हामीमध्ये धेरैले डिपार्टमेन्ट स्टोरहरूमा यस्ता जापानी डल्सहरू सजाएर राखेका देखेका हौँ’ला तर, यसको महत्त्व के हो र किन सजाइएको हो ? धेरैलाई थाहा नहुन सक्छ । आउनुस् आज कुरा गरौँ जापानमा मनाइने छोरी/चेलीहरूको सु-स्वास्थ्यको कामनासँगै चेलीहरू विवाह गरेर पठाउन ढिला नहोस् भन्ने हेतुले मनाइने पर्व ひな祭りको बारेमा ।
आज मार्च महिनाको ३ तारिख जापानमा मनाइने विभिन्न मौसमी पर्वहरूमध्ये एक हो- हिनामाचुरी । नयाँ-नयाँ आएका भाइबहिनीहरूलाई अवश्य यसको बारेमा बताउन पाउँदा खुसी छु ।
-जापानको केही चलनहरू रोचक, निक्कै रमाइला र अनौठा पनि छन् जसमध्ये ひな祭りपनि एक हो ।
-यो doll’s festival को नामले पनि चुनिन्छ र जापानमा हरेक वर्षको मार्च ३ तारिखको दिन अर्थात् आज मनाइन्छ ।
-यो दिन छोरी चेलीहरू भएको घरमा छोरीहरूको सु-स्वास्थ्यको कामना गरी स्पेसल रातो कार्पेटमा ओच्छ्याईएका स्पेसल dolls ( ひな 人形 हरू सजाएर राख्ने चलन छ ।
-यसरी सजाएर राखेको डल्सहरू मार्च तीन तारिख पछि जति सक्दो चाँडो अर्को वर्षको लागि थन्क्याउने गरिन्छ ।हस् यदि यी डलहरु थन्क्याउन ढिला भयो भने छोरीहरू बिहा गरेर जान पनि ढिला हुन्छ भन्ने जन विश्वास रही आएको छ ।
हिनामाचुरीको उत्पत्ति तेस्रो शताब्दको शुरूमा चीनबाट भएको थियो । मौसममा आउने परिवर्तनको क्रममा बाहिर हिँडडुल गर्दा दुर्घटना या अन्य कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले घरमा नै विभिन्न इन-डोर गेमहरू गरी रमाइलोसँग बिताउने चलन शुरू भएर पछि पर्वकै रूपमा विकसित भयो ।
यो चलन शुरूमा चीनबाट भित्रिएको थियो र पछि अलिकति जापानी मौलिक परम्परा मिसिएर हिनामाचुरी बन्न गयो । मौसमी परिवर्तनका क्रममा अल्लारे छोरीहरूको मनमा कुनै दुर्भावना पैदा नहोस् भन्ने हेतुले घर भित्र नै विभिन्न पुतलीहरू सजाउने र तिनीहरूलाई विभिन्न परिकार बनाएर खुवाई आफू पनि खाने र रमाइलोसँग चलन मनाउने चलन चलिआएको रहेछ ।
यो दिन स्पेसल हिनाजुसी र सुपहरू बनाई खाने चलन चलेको पाइन्छ । चाइनिज क्यालेन्डर अनुसार कुनै-कुनै बेजोड महिनाको बेजोड दिनहरूलाई अशुभ मान्ने गरिन्छ ।
जस्तो- जनवरीको ११ तारिख, 成人式 तर सेईजिन सिकीको बारेमा जापानी मौलिक परम्परा अर्कै भएको हुनाले चाइनिज परम्परासँग भने मेल खाँदैन । मार्च महिनाको ३ तारिख ひな祭りमे महिनाको ५ तारिख 子供の日( children’s day) जुलाई महिनाको ७ तारिख 七夕祭りर सेप्टेम्बर महिना को ९ तारिख 九月九日節句।
यी हरेक दिनहरू क्रमशः जापानमा विभिन्न मौसमी पर्वका रूपमा विकसित भई चाडबाडको रूपमा मनाउन थालिएको हो । अशुभ दिन बाहिर हिँडडुल गर्दा दुर्घटना हुन सक्ने हुनाले बाहिर नगई घरमा नै बसी रमाइलोसँग पर्व मनाउने र मीठा मीठा परिकारहरू बनाई आफू पनि खाने र डल्सहरूलाई पनि खुवाउने चलन चलेको रहेछ ।
जसअनुसार पहिला पहिला नयाँ ऋतु परिवर्तन हुँदा शाही परिवारको छोरीहरूको मनमा कु-भावना पैदा नहोस् र घरभित्र नै स्पेसल डल्सहरू सजाई तिनीहरूलाई आफ्नै हातले बनाएको परिकारहरू खुवाउने र खाने अनि रमाइलोसँग पर्व मनाउने चलन चलीआएको उल्लेख छ ।
यसैक्रममा आज मार्च ३ तारिख जापानमा हिनामाचुरी ( ひな祭り) भनिन्छ र यी dolls हरूलाई おひな様 भनिन्छ । जापानमा मान्छेको पछाडि आदर गरेर सर्वसाधारणलाई सान अथवा जी लगाइन्छ तर शाही परिवारको मान्छेहरूलाई सामा 様 ज्यू लगाएर बोल्नुपर्छ ।
अरू चिज कुकुर बिरालो र सबै जनावरहरूलाई पनि सान लगाएर बोल्नुपर्छ भने यी पुतलीहरू निर्जीव भएता पनि पहिला शाही परिवारले मात्र मनाउने पर्व हुँदा पुतलीहरूलाई पनि おひな様 अर्थात् आदर गरी पुतली ज्यूहरू भनेर बोलाइने परम्परा छ । यो पर्वलाई पछि सर्व साधारणले मनाउन थालेपछि girls festival पनि भनेर सम्बोधन गरिने चलन शुरू भएको छ ।
यो चलन एदोयुग सन् १६०३ देखि सन् १६६८ सम्म शाही परिवारमा मात्र सीमित थियो!तर पछि बिस्तारै यो चलन सर्व साधारणमा पनि चल्न थाल्यो र केटीहरूको उत्सव नै बनी girls festival अर्थात् हिनामाचुरीको रूपमा परिवर्तन भयो ।
हिनामाचुरीमाथि उल्लेखित ५ विशेष मौसमी पर्वहरू मध्यको एक हो । यो दिनमा विशेष गरी (हिनाजुसी) सुसी कै एउटा प्रकार र स्पेसल सुप बनाएर खाने चलन छ ।
गृष्मा पौड्याल
टोक्यो जापान
२०२३-०३-०३