काठमाडौं – चितवमा एक युवती मृत भेटिएकी छिन् । भरतपुर महानगरपालिका-१० कालिका चोकमा आसामकी १९ वर्षीया सुनिता देवी मृत फेला परेकी हुन् ।
उनी र अरु दुईजना साथिहरु भरतपुरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । बुधबार राति भने उनीहरुको फ्ल्याटमा मृतक सुनिता र उनकी अर्की एक साथीसहित अन्य दुई जना युवाहरु समेत बसेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुबीच झैझगडा हुँदा सुनिताले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बताइएको छ । उनका साथीहरुले पासो काटेको अवस्थामा शव फेला परेको थियो । मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्तकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृत्तकको आफन्तलाई बोलाउने काम भइसकेको प्रहरीले जनाएको छ ।