काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले राज्य आफ्ना नागरिकलाई विष नखाऊ पनि भन्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् । आफ्नो खेत बाँझो राखेर ५० लाख नागरिकलाई विदेश पठाएको आरोप लगाउँदै उनले विदेशबाट आएको त्यहि पैसाले विष आयात गरेर खानुपर्ने कस्तो विडम्बनामा हामी फस्यौं भनि प्रश्न गरे ।
यस विषयमा रास्वपाले सबै प्रदेशमा छलफल गरेको र कम्तिमा पनि आफ्नो पार्टीमा जोडिएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्ने प्रेरित गरेको बताए । तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्न नसक्दासम्म मुलुक पूर्ण स्वतन्त्र बन्न नसक्ने उनको भनाइ छ ।