Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौं – ग्रीसमा भएको रेल दुर्घटनाको कारण ‘दुःखद मानवीय त्रुटि भएको प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले बताएका छन् ।

मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएर कम्तिमा ४३ जनाको ज्यान गएको थियो। ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन् ।

दुर्घटना मंगलवार मध्यरातअघि भएको हो । करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएको थियो ।

दुवै रेल एकै समय एउटै ट्रयाकमा किन चलिरहेका थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । ‘सिग्नलिङ’को जिम्मेवारीमा रहेका स्टेशनमास्टरले आफ्नो गल्तीलाई अस्वीकार गर्दै सम्भावित प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताएका छन् ।

घटनास्थलको भ्रमण गरेपछि प्रधानमन्त्री मित्सोटाकिसले ‘दुस्खद मानव त्रुटि’का कारण दुर्घटना भएको औंल्याए ।

तपाईको प्रतिक्रिया