काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन् ।
फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै कांग्रेस सरकारमा जाने उनले बताए ।
उनले सुर्खेत विमानस्थलमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई/तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने जानकारी पनि दिए। उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्याए ।