Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले आगामी दिनमा गर्ने मुख्य १० वटा कामको सूची बनाएका छन् । पदभार सम्हालेको ४२ दिनमा उनले आफूले सुधार गरेका कामहरुबारे जानकारी दिँदै आगामी प्राथिमकताका सूचीबारे जानकारी दिएका छन् ।

मन्त्री किराँतीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान र नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माणको तयारी भइरहेको जानकारी दिएका छन् । उनले सरसफाइ अभियानलाई संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने , ग्राउनडेट जहाज छानबिन समिति गठन गर्ने तयारी रहेको बताए बताएका छन् ।

यसैगरी हवाई नागरिक उड्ड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्नेलगायतका १० बुँदा उनले आगामी प्राथमिकताका रुपमा उल्लेख गरेका छन् ।

यसअघि गरेका पाँच काममध्ये अनलाइन टिकेटिङ, सरसफाई र व्यवस्थापकिय सुधार, हवाई सुरक्षासम्बन्धी सबैमा काम गर्ने निर्देशन , लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेको मन्त्री किराँतीले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया