Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – पीडितलाई न्याय दिलाइदिने भन्दै वैदेशिक रोजगार विभाग प्रवेश गरेको एक समूह र त्यहाँ रहेका व्यक्तिहरूबीच मंगलबार धक्का र मुक्कामुक्की भएको छ । युएईबाट फर्केका बाइक राइडरहरूलाई पर्याप्त क्षतिपूर्ति नदिइएको दाबी गर्दै सामाजिक अभियन्ता तारा बराल र केही क्यामराम्यान विभाग पुगी छलफल हुँदा चर्काचर्की भएको बताइएको छ ।

त्यसैक्रममा भुईँमा लडेकी बरालले टाउकोमा चोट लागेको बताएपछि सिटी स्क्यानका लागि निजामती अस्पताल लगिएको थियो । धक्कामुक्कीमा संलग्न भएको भन्दै प्रहरीले चार जना क्यामराम्यानलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वर राखेको बताइएको छ ।

केही दिनयता विभागमा वैदेशिक रोजगारबाट फर्केका युवाहरू क्यामराम्यानसहित आएर हुलहुज्जत गर्दा कार्य सम्पादनमा अवरोध उत्पन्न भएको विभागले बताएको छ । विभागले पीडितको नामबाट कानुन, विधि र प्रक्रिया विपरीत विभाग कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने र काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरू बढ्दै गएको भन्दै कार्यालय प्रवेशमा कडाइ गरेको छ ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले अमर्यादित क्रियाकलाप अन्त्य गरी विधि र प्रक्रिया बमोजिमको काम गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दै सेवाग्राहीसँग कुनै गुनासो भए कानुनी प्रक्रियाअनुसार आउनुपर्ने बताएका छन् । करिब तीन हप्ताअघि महानिर्देशक उमाकान्त आचार्यले विभिन्न कारणले वैदेशिक रोजगार व्यवसायीमाथि बाह्य दबाब बढेकाले गम्भीर हुन व्यवसायीहरूलाई सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया