शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :-

  • दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
  • चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
  • सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
  • शारीरको तौल कायम राख्ने ।
  • तनावमुक्त रहने ।
  • नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
  • धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
  • वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
  • उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
  • मदिरा सेवन नगर्ने ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया