Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौँ – यस वर्ष सन् २०२३ मा टेस्ला इंकको शेयर बढेपछि एलन मस्कले फेरि विश्वकै सबैभन्दा धनी व्यक्तिको बनेका छन्। सोमबार बजार बन्द हुँदाको तथ्यांकमा आधारित ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति लगभग १८७.१ अर्ब अमेरिकी डलर पुगेको छ। मस्कले एक करोड १६ लाख सेयर बेचेर दान गरेको खुलासा गरेको केही समयपछि उनले फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्टलाई उछिनेर फेरि पहिलो स्थान कायम गरेका हुन्।

मस्कले बेचेको सो सेयर करिब २.४ अर्ब रुपैयाँ बराबरका थिए। सन् २०२३ मा टेस्लाका विद्युतीय सवारीसाधनको बढ्दो मागको सङ्केतका बीच मस्कले अर्नाल्टसँगको अन्तरलाई १० अर्ब डलर भन्दा कम बनाएपछि यो खुलासा भएको थियो। टेस्लाका सीईओ र यसअघि सबैभन्दा ठूलो व्यक्तिगत सेयरहोल्डर रहेका मस्कले सन् २०२१ मा कम्पनीमा करिब ६ अर्ब डलरको शेयर दान गरेका थिए। जुन इतिहासकै सबैभन्दा ठूलो दानमध्ये एक थियो।

गत वर्ष नोभेम्बर २०२१ मा ३४० अर्ब अमेरिकी डलर पुगेको सम्पत्तिबाट सन् २०२२ को डिसेम्बरमा इतिहासमै पहिलो पटक २०० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाउने व्यक्ति बन्दै १ सय ३७ अर्ब अमेरिकी डलरमा झरेका थिए। तर, अहिले फेरि उनको सम्पत्ति बढेर १८७ अर्ब अमेरिकी डलर पुगेर पहिलो स्थान कायम गरेका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया