Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पछिल्लो समयमा गरेका कामको प्रशंसासहित सञ्चारमाध्यममा प्रशस्त स्थान पाएका पर्यटनमन्त्री सुदन किराँतीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् । घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किराँतीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री किराँतीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईँहरूसँग क्षमा चाहन्छु । ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईँको गाउँमा आउँदैमा तपाईँको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिखी र विलासिता अन्त्य गरौँ । धन्यवाद ।’

तपाईको प्रतिक्रिया