Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – प्रोटिन एक माइक्रो न्यूट्रिएन्ट हो, जुन अमिनो एसिडसँग मिलेर बन्छ । शरीरलाई सुचारु रूपले चलाउनका लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता हुन्छ । प्रोटिन पनि तीमध्ये एक हो ।

प्रोटिन शरीरका लागि अति नै महत्त्वपूर्ण मानिन्छ । यो मांसपेशीको बिल्डिङ ब्लक्सका रूपमा चिनिन्छ । प्रोटिन केवल मांसपेशीको मर्मत र हेरचाहका लागि महत्त्वपूर्ण हुने मात्र नभएर शरीरलाई ऊर्जा प्रदान गर्न र हार्मोन्सलाई नियन्त्रित गर्ने पनि काम गर्छ ।

एउटा वयस्क व्यक्तिलाई दिनहुँ आफ्नो शरीरको भारको हिसाबले प्रतिकिलो ८ ग्राम प्रोटिन आवश्यक पर्छ । शरीरमा प्रोटिनको कमी भयो भने विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन्छ । शरीरमा प्रोटिनको कमी भयो भने देखिने संकेतको बारेमा केही जानकारी ।

कमजोरी, मसल लस र थकान
भोजनमा प्रोटिनको कमी हुँदा कमजोरी, थकान र मसल लसको सामना गर्नु पर्छ । यस्तो किन पनि हुन्छ भने जब शरीरमा प्रोटिनको मात्रा कम हुन्छ, त्यो बेला हाम्रो शरीरले त्यसको पूर्तिका लागि कंकालको मांसपेशीबाट प्रोटिनको आवश्यकता पुरा गर्छ । समयसँगै, यसबाट मांसपेशीलाई नोक्सान पुग्न थाल्छ । जसले गर्दा बिस्तारै बिस्तारै शरीरको शक्ति कम हुन थाल्छ र मेटाबलिज्म पनि अत्यधिक सुस्त हुन्छ । त्यसैले कमजोरी र थकान सामना गर्नु पर्छ ।

चोट ठिक हुन समय लाग्नु
यदि कुनै दुर्घटनाका कारण चोट लागेको छ भने अथवा कुनै सर्जरी भएको छ भने घाउ निको हुन लामो समय लागेको छ भने त्यो पनि शरीरमा प्रोटिनको मात्रा कम भएर हुन्छ । प्रोटिनको कमी हुँदा नयाँ कोशिका बन्न समय लाग्छ । जसले घाउ भरिन समस्या हुन्छ ।

भोक धेरै लाग्नु
यदि तपाईँलाई खाना खाएपछि पनि भोक लाग्छ अथवा हरेक समय केही न केही खाइरहन मनलाग्छ भने यो पनि प्रोटिनको कमी भएको एउटा संकेत हो । प्रोटिन एउटा त्यस्तो माइक्रोन्यूट्रिएन्ट हो, जसले तपाईँलाई भोक लागेको महसुस हुन दिँदैन । भोजनमा प्रोटिनको मात्रा कम हुँदा धेरै भोक लागेको महसुस हुन्छ ।

प्रतिरोधक क्षमता कम हुनु
शरीरमा प्रोटिनको कमी हुँदा समय समयमा बिरामी परिन्छ । रोग प्रतिरोधक क्षमताका लागि प्रोटिनको मात्रा पर्याप्त हुनु आवश्यक छ । प्रोटिनले भाइरस र ब्याक्टेरियाबाट टाढा राख्न सहयोग पुर्‍याउँछ । यसबाहेक प्रतिरोधक कोशिका अमिनो एसिडसँग मिलेर बन्छ, जुन एक प्रकारको प्रोटिन हो । त्यसैले प्रोटिनको सेवन सही मात्रामा गर्नाले शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्सन हुँदैन ।

कपाल, छाला र नङमा समस्या
शरीरमा प्रोटिनको कमी हुँदा यसको असर नङ, छाला र कपालमा देखिन्छ । प्रोटिनको कमी हुँदा कमजोर नङ, सुख्खा छाला र पातलो बनेको कपालको समस्याको सामना गर्नु पर्छ । कपाल, नङ र छाला केही विशेष किसिमका प्रोटिन जस्तै इलास्टिन, कोलेजन र केराटिनले मिलेर बनेकाले यस्तो समस्या देखिएको हो । त्यसैले शरीरमा प्रोटिनको कमी हुँदा यसको असर यी सबै अंगमा देखिन्छ ।

तपाईको प्रतिक्रिया