काठमाडौं – नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । राष्ट्रपति निर्वाचनमा सहमति नभएपनि अन्य विषयमा समझदारी गरेर सरकारमा रहने सोचाइमा रहेको भएपनि प्रधानमन्त्रीले एमालेबाट मन्त्री बनेकी परराष्ट्रमन्त्रीलाई विदेश जान रोकेकोले सरकारबाट बाहिरिने निर्णय गरेको उनको भनाई छ ।
साथै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो ।