Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका छन् ।

राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् ।

खानेपानीमन्त्री एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए । तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन् ।

एमालेले राष्ट्रपति निर्वाचनपछि मात्रै सरकार छोड्न सक्ने नेताहरुको भनाइ छ । यस्तोमा राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने या पछि लिने भन्नेमा प्रधानमन्त्री प्रचण्ड दोधारमा छन् । गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको छ भने एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया