काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सरकारमा सहभागी ३ जना मन्त्रीले राजीनामा दिएका छन् । शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्कटेलसमक्ष राप्रपा ३ जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।
राप्रपाबाट खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनेका संसदीय दलका नेता उद्वव थापा, वन तथा वातावरण मन्त्री राजु बिष्ट र उद्योग, पर्यटन तथा सहकारीमन्त्री डम्बर तामाङले राजीनामा दिएका हुन् ।
राजीनामा दिनु अघि राप्रपा संसदीय दलका नेता उद्वव थापाले प्रदेशसभा बैठकमा सरकारबाट बिहिरिने घोषणा गरेका थिए । शनिबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारबाट बाहिरिने घोषणा गरेका हुन् । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् । संघीय सरकारमा गठबन्धन फेरिएपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । साथै संघीय सरकारबाट पनि राप्रपाका मन्त्रीहरुले शनिबार नै राजीनामा दिएका छन् ।