शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । संसद् भवन बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले दिउँसो सवा २ बजे उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयनका लागि उनको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् ।

महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डेले उनलाई समर्थन गरेका छन् । पौडेल कांग्रेसका अलावा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् ।

यही फागुन २५ मा हुने निर्वाचनमा पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका सुवास नेम्वाङसँग हुनेछ । नेम्वाङले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया