Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – क्रिप्टोकरेन्सीलाई प्राथमिकतामा राख्दै हङकङ सरकारले नयाँ नीतिको प्रस्ताव अगाडि बढाएको छ । हङकङ सरकारले देशलाई विश्वको लागि ‘क्रिप्टो हब’ बनाउने उद्देश्य सहित यो नीतिलाई अगाडि सारेको हो । फाइनान्सियल टाइम्सका अनुसार हङकङ सेक्युरिटीज एण्ड फ्युचर्स कमिसनले क्रिप्टो उद्योगका दुई ठूला क्रिप्टो टोकनहरू – बिटक्वाइन र ईथर खुद्रा ग्राहकहरूले पनि किनबेच गर्न पाउने नीति प्रस्ताव गरेको छ ।

त्यसैगरी हङकङमा सञ्चालन हुने यस्ता क्रिप्टो प्लेटफर्म यसमा लगानी गर्ने लगानीकर्ताले कमिसनबाट अनुमतिपत्र प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै नयाँ नीतिले यस्तो कारोबारमा हुने अनलाइन ह्याकिङ अथवा फिसिङबाट जोगिनको लागि अपनाउनुपर्ने उपायहरूको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

योसँगै हालसम्म अनुमतिपत्र नभएका प्लेटफर्ममा आफ्नो क्रिप्टो किनबेच गरिरहेका लगानीकर्ताहरूले अब सरकारबाट अनुमति मात्र प्लेटफर्ममा कारोबार गर्न पाउनेछन् । यसले हङकङमा क्रिप्टो व्यावसायीहरूलाई आकर्षित गर्ने सरकारको विश्वास छ । क्रिप्टो हब बन्ने दौडमा हङकङले एक कदम अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया